
दीपा एवाई राई
पल्लवी फूल जङ्गलभरि
इन्द्रेणी फूलहरुका गुच्छामा
सुन्दर र सुगन्धित
रत्नजडित हार झैं
सजिएको मेरो वदनसँग
निश्छल मधुवन
झरनासँग गाउन थालेको देख्दा
मेरा मृगनयनले
क्षितिजका बादल टुक्राहरुमा
स्वतनत्रताको बिगुल फुक्दै
म नाचिरहेकी रहेछु
मेरा गीतहरुमा
मेरो जाति छ : नारी
मेरो धर्म छ : मानवता
मेरो भाषा छ : ज्ञान
मेरो रङ्ग छ : प्रेम
मेरो रुप छ : सृष्टि
अनि
एउटा नाम छ : सुम्निमा फेरि सुम्निमा
हो
म सुम्निमा ।
(कवयित्रीको हालै विमोचित कविताकृति अर्धवृतबाट)
पल्लवी फूल जङ्गलभरि
इन्द्रेणी फूलहरुका गुच्छामा
सुन्दर र सुगन्धित
रत्नजडित हार झैं
सजिएको मेरो वदनसँग
निश्छल मधुवन
झरनासँग गाउन थालेको देख्दा
मेरा मृगनयनले
क्षितिजका बादल टुक्राहरुमा
स्वतनत्रताको बिगुल फुक्दै
म नाचिरहेकी रहेछु
मेरा गीतहरुमा
मेरो जाति छ : नारी
मेरो धर्म छ : मानवता
मेरो भाषा छ : ज्ञान
मेरो रङ्ग छ : प्रेम
मेरो रुप छ : सृष्टि
अनि
एउटा नाम छ : सुम्निमा फेरि सुम्निमा
हो
म सुम्निमा ।
(कवयित्रीको हालै विमोचित कविताकृति अर्धवृतबाट)
No comments:
Post a Comment