Tuesday, January 19, 2010

अन्तरक्रियात्मक सिर्जना वाचन सम्पन्न

ललितपुर/किरात राई लेखक सङ्घले अन्तरक्रियात्मक सिर्जना वाचन सुरु गरेको छ । उक्त कार्यक्रमको पहिलो श्रृङ्खला यही माघ महिनाको पहिलो शनिवार ललितपुर सातदोबाटोस्थित चोमोलुङ्मा प्रतिष्ठान नेपालको हलमा सम्पन्न भयो ।
२० जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको कार्यक्रममा किरात राई कलाकार सङ्घ खोटाङका अध्यक्ष गायक/संगीतकार भीमसेना राईले गीत प्रस्तुत गर्नु भएको थियो भने अन्य सहभागीहरुले कविता, गीत तथा गजल वाचन गरेका थिए । वाचित सिर्जनाहरुबारे सङ्घका केन्द्रिय अध्यक्ष प्रकाश राई, उपाध्यक्ष तारामणि राई, सदस्य राजेश चाम्लिङ तथा जिल्ला सल्लाहकार भद्रगोल किरातीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम सङ्घका ललितपुर संयोजक नाकिमाले संचालन गर्नुभएको थियो ।

No comments:

Post a Comment