Monday, January 11, 2010

'सिर्जना बाचन तथा अन्तरक्रिया' कार्यक्रम गर्ने

ललितपुर/किरात राई लेखक संघ ललिपुर जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला बैठक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश राई महासचिव भोगीराज चाम्लिङ गायक तथा संगीतकार जीतेन राई कवि भद्रगोल किराती लगायत किरात लेखक संघ ललितपुरसँग सम्बद्ध लेखकहरुको उपस्थिति थियो ।बैठकमा अध्यक्ष प्रकाश राई महासचिव भोगीराज चाम्लिङ गायक तथा संगीतकार जीतेन राई कवि भद्रगोल किराती र किरात राई लेखक संघ ललिपुर जिल्ला समितका अध्यक्ष कवि तथा गीतकार नाकिमाले कार्यक्रमबारे बोल्नुभएको थियो । बैठकले हरेक नियमित रुपमा ललिपुर जिल्ला कार्यसमितिको संयोजकत्वमा महिनाको पहिलो शनिबार दिउँसो ३ बजे 'सिर्जना बाचन तथा अन्तरक्रिया' कार्यक्रम गर्ने निर्णय गरेको छ । सोही अनुरुप यसपटक पहिलो कार्यक्रमस्वरुप आउँदो माघ २ गत्ते शनिबार ३ बजे ललितपुर सातदोबाटोस्थित चोमोलुङमा प्रतिष्ठानको हलमा कार्यक्रम तय गरिएको छ साथै सो कार्यक्रममा उपस्थितिको लागि सम्बद्ध लेखकहरुलाई अनुरोध समेत गरिएको छ ।

No comments:

Post a Comment