Wednesday, July 29, 2009

प्रायश्चित

जयसला कोयू
हाम्रो अतीतको कथा
त्यही दिन सुरु भयो
जुन दिन उनीहरुले हौसाए
कलबिख पिउन
पिएर जिउन ।

पिउनुको साम्राज्यमा
प्रवेश गरेपछि
पियौं भाषा संस्कृति
पियौं बेसुरले मुन्दुम ।

ह्याङले छुटेको क्षण
छ्याङ्ग भयो
हाम्रो हातमा मुन्दुम थिएन
थियो त त्यही
श्रीमद्भागवत, गीता र रामायण ।

जनजातीय साहित्यको सौन्दर्यशास्त्र

भोगीराज चाम्लिङ
जुन उत्पीडित जातिसँग समृद्ध भाषा र साहित्य हुँदैन त्यो जातिको मुक्ति पनि स्वाभाविक रुपमा पछाडि धकेलिन्छ । समृद्ध साहित्यबिना जनजातीय साहित्यको अलग्गै सौन्दर्यशास्त्रको निर्माण पनि सम्भव छैन । प्रश्न उठ्न सक्छ कि जनजातीय साहित्यको अलग्गै सौन्दर्यशास्त्रको निर्माण गर्ने बेला आइसक्यो अथवा त्यस्तो अवश्यकता दुवै भइसकेको छ । किनभने प्रचलित हिन्दू सौन्दर्यशास्त्रलाई आधार बनाएर न नेपालका उत्पीडित आदिवासी जनजातिहरुलाई सही ढङ्गले चिनाउन सकिन्छ न उनीहरुमाथिको शोषण-उत्पीडनलाई नै उधिन्न सकिन्छ । न त जनजातीय साहित्यलाई सही मार्गदर्शन गर्न सम्भव हुन्छ ।
हिन्दू सौन्दर्यशास्त्र पिँधमा परेकाहरुको सौन्दर्यशास्त्र नभएर शासनसत्तामा बस्नेहरुको सौन्दर्यशास्त्र हो । शासकहरुको सौन्दर्यशास्त्र र उत्पीडितहरुको सौन्दर्यशास्त्र फरक-फरक हुन्छ । उत्पीडित जातिहरु मुक्तिको माग गर्छन् यही कुरा नै जनजातीय सौन्दर्यशास्त्रको गुदी हो । जनजातीय सहित्य-कलामा मुक्तिको सपना बुनिनुपर्छ जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्घर्षको साहित्य हो । यो विलासको लागि लेखिने साहित्य होइन त्यस्तो साहित्य जनजातीय साहित्यको कोटीमा पर्दैन । कुनै जनजाति लेखक आपुूमाथि शताब्दीऔंदेखि भएको अत्याचार आपुनो सिर्जनामा लेख्न सक्दैन आपुनो सिर्जनालाई धारिलो पार्न सक्दैन भने त्यो जनजातीय साहित्य हुनै सक्दैन । सिर्जनामा मुक्तिको सङ्घर्षको सपना देख्न नसक्ने साहित्य शासकीय कित्ताको साहित्य हुन्छ त्यो जनजातीय मुक्तिको साहित्य हुँदैन । एक हिसाबले शासकीय साहित्य सपनावीहिन निरश र सपाट साहित्य हो जनजातीय साहित्य भरभराउँदो सपनाहरुको राँको हो ।
अर्कोतर्पु बुर्जुवा सौन्दर्यशास्त्रले पनि उत्पीडित जातिको मुक्तिको प्रश्नलाई केन्द्रमा राख्दैन । पछिल्लो चरणमा बुर्जुवा सौन्दर्यशास्त्रीहरुले अघि सारेको उत्तरआधुनिकतावादले उत्पीडित जात-जातिहरुको मुक्तिको प्रश्नलाई उठाएजस्तो त देखिन्छ तर चुरो कुरा त्यस्ता जातिहरुको मुक्ति होइन बरु उनीहरुको असन्तुष्ट र आक्रोशलाई छरपस्ट्याउनु हो । किनभने उत्तरआधुनिकतावादले उत्पीडितहरु एकगठ भएर सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई निषेध गर्छ र एकलाएक्लै लड्न प्रेरित गर्छ । एक्लएकल्लै लडेर आजसम्म कोही पनि मुक्त भएको छैन । त्यसकारण उत्तरआधुनिकतावाद भँडुवा सौन्दर्यशास्त्रीय चिन्तन हो । सौन्दर्यशास्त्रको क्षेत्रमा आएको यस प्रकारको भ्रमपूर्ण चिन्तनलाई चिर्न अलग्गै जनजातीय सौन्दर्यशास्त्रको निर्माण गर्न आवश्यक छ ।
बुर्जुवा सौन्दर्यशास्त्रको एउटा सकारात्मा पक्ष के छ भने त्यसले आलेचनाको छुट दिन्छ । हिन्दू सौन्दर्यशास्त्रले त त्यति पनि छुट दिँदैन र भक्तिभावको वकालत गर्छ । तर आलोचनाले मात्र उत्पीडित जातिमहरुको मुक्ति सम्भव छैन । त्यसका लागि क्रान्ति आवश्यक छ तर बुर्जुवा सौन्दर्यशास्त्रले क्रान्तिलाई स्वीकार गर्दैन । त्यससका लािग क्रान्ति आवश्यक छ तर बजुर्जुवा सौन्दर्यशास्तले क्रान्तिलाई स्वीकार गर्दैन । जनजातीय साहित्यले क्रान्तिलाई केन्द्रीय सरोकारको विषय बनाएन भने त्यसले उनीहरुलाई सबैखाले उत्पीडनहरुबाट मुक्त राख्न सहयोग गर्दैन । जनजातीय साहित्य त्यसकारण क्रान्तिलाई केन्द्रमा राख्ने खालको हुनुपर्छ ।

Saturday, July 25, 2009

खार्तम्छाको चरा र चरी (किराती लोककथा)

उहिले-उहिलेको कुरा हो । दिक्तेल जिल्ला खार्तम्छाको एउटा परिवारमा दुईजना बूढाबूढी मात्रै थिए । उनीहरुको आर्थिक अवस्था दयनीय थियो । बूढा माछा मारेर बेच्ने गर्दथे । बूढी चाहिँ गाउँलेको घरमा गई ढिकी-जाँतो गर्थी । अनि जुठो भाँडाकुँडा माझिदिन्थी । यसरी उनीहरुले आफ्नो जीविका चलाएका थिए ।
तर एउटै सन्तान नभएकाले उनीहरु सधंै चिन्तित थिए । उनीहरु ठूलो चिन्ता थियो- मरेपछि हाम्रो काजकि्रया कसले गर्लान् सन्तान होस् भनी उनीहरु किराती देवी-देवताको पूजा तथा भाकल गर्थे । तर उनीहरुको कुनै सन्तान भएन ।
विवाह भएको पन्ध्र वर्षपछि भने उनीहरुको छोरो जन्म्यो । खुसीले गदगद भए उनीहरु । सोही खुसीयालीमा ठूलो खर्च गरी छोराको पास्नीमा भोजभतेर गरे । समय बित्दै गयो छोरो पनि हुर्किंदै गए । उनीहरु जहाँ गए पनि छोरालाई साथमै लिएर हिँड्थे । एक दिन बूढीले बूढालाई भनी- 'आज हामीहरु छोरालाई साथमा लिएर खोलामा जाऔं । म खोलामा नुहाइ-धुवाइ गर्छु लुगा धुन्छु । तपाईं चाहिँ माछा मार्नोस् ।'
बूढाले सहमति जनाए । खानपानपछि दिउँसो छोरालाई लिएर उनीहरु खोला झरे । टन्टलापुर घाम लागिरहेको थियो । छोरालाई खोलाकिनारमा राखेर बूढी लुगा धुन थाली । बूढा माछा मार्न । अकस्मात लेकमा पानी परेकोले खोलामा बाढी आयो ।
बाढी आएकोले बूढीले आत्तिएर छोरालाई सम्झी । ऊ छोरालाई लिन दौडी तर छोरा भएको ठाउँ पुग्नुभन्दा अगाडि नै बाढीले कोक्रोसहित छोरालाई बगाइसकेको थियो । आफ्नो छोरालाई खोलाले बगाएको देखेर त्यसतर्फ 'अ सिबौ ! अ सिबौ !' ए मेरो छोरा ! ए मेरो छोरा ! भन्दै बूढी दौडी । बाढीले बूढीलाई पनि बगाइहाल्यो । खोलामा छोरा चाहिँ अघि-अघि थियो भने बूढी चाहिँ पछि-पछि ।
बग्दै जाँदा बूढी चाहिँ एउटा रुखमा अड्केको देखेर बूढाले उसलाई खोलाबाट निकाले । बूढी भने झन् चिच्याएर रुन थाली । यो देखेर बूढाले सोध्यो- 'यसरी किन रोएकी ?' बूढीले जवाफ दिई- 'खोलाले छोरालाई बगायो ।' बूढाले भने- 'तैं पापिनीले गर्दा यस्तो भएको हो ।' बूढाको कुरा सुनेर बूढीलाई साह्रै रिस उठ्यो । बूढीले छोरा खोज्दै रुँदै कराउन थाली- 'ए मेरो छोरा म पनि तेरो पछि-पछि आउँछु । मलाई पर्खी है ।' यसरी रुँदै-कराउँदै जाँदा अलि पर पुगेपछि खोलाले बूढीलाई फेरि बगायो र त्यसपछि ऊ मरी ।
अर्को जन्ममा बूढी चरी भएर जन्मी । आज पनि खार्तम्छाको जङ्गलमा छोरालाई बोलाएको जस्तो गरी उक्त चरी कराउँछे । खोलाले बूढीलाई बगाएर लगेपछि बूढा पागलजस्तो भएर 'तैं पापी होस्' भन्दै कराउँछ । खार्तम्छाको जङ्गलमा आज पनि ती चराहरु प्रायः एकै ठाउँमा अगाडि-पछाडि भएर उड्छन् ।

आङा माझकिरात

नाकिमा
होताकोदा
ला खेसेङासे
रिलुङहसुङ
मुग्लान मिवाङा बो ?
सेलामामो लावेवादा
वारी पोमा
तामुदिइदिकासिमे है !
आङा माझकिरात ।

उम्वामो वैनी उम्सो
उम्सोमो वैनी उम्वा
इसेनाखो दोसोम्सा लिप्तिकु वाल्ला ?
दाबेलै लासिदामा इदिमे बो ?
दुङवापा द्रोणाचार्यमो
छाम्मायु वाङो धोमा तिरे
वातेम्मा-बखामा
आसो ना ।

आ इम्माले आसो पामैदेइ
आले माए ओसो
मि वा
पाहुइदिमे ओसो पामै हुङा ?
सेलामामो लावेवादा
वारी पोमा
तामुदिइदिकासिमे है !
आङा माझकिरात ।