Monday, February 8, 2010

साम्पाङ मिनताबुङ

संगीता साम्पाङ राई

नाम्छुरीपी झलमल सङगुङ हुत्तुङ छी
थाम्पुङ सयौ मिना ईत्ता बुमी छी ।
मा मा पापा काइनासोतो भेप्पा छुमा छा
पढामुतो छाब्तो खाते मिन्ताबुङ बना छी ।
बिद्यार्थीमी पोसुङवा ईत्ता सँघर्षपी लेमा छी
यायुवा नाला तराछुतो खाते यात्रा छादसराक छी ।

पाथेका-४, नाखाम, खोटाङ

Friday, February 5, 2010

आदिम मानव

अस्मिता नाछिरिङ राई

सुप्तुलुङ बाँधेर
अलच्छिना दोख
मन्साउँदै मन्साउँदै
मध्ये दिनमा आदिम गीतको
अन्तरा गाउँदै-गाउँदै
हाङछाहरु
सुसेली मार्छन्
केत्रेु कोउसा पुः र बाँदरहरु
समलिङ्गी रात बिताइरहेको बेला
सै ढोले सै
सै ढोले सै
मङ्किपा र छिप महा निन्द्रामा
धताएको बेला
रिसुवा गाउँदै
चिम्सा आँखाहरु
सर्पकै दुलोमा हात हाल्न पुग्छन्
आपुनै हाड मासुले जोडेको सृष्टी
प्रतिगमनको पहिरोले सोहोरेपिछ
घैँटाको घैँटा रित्याउँछन्
आक्रोसका जिचामहरु
आपुनै हाडको गजाले
बजाउँदै-बजाउँदै
पारुछाहरु
खुट्टा घुमाएर
छाती फुलाएर निस्केका छन्
आपुनै मूलबाटो र गोरेटोहरुमा
आगोका फिलुङ्गासँग खेल्दै
गुलेली र मटेङ्ग्रा बोकेर
आदिम गीतको अन्तरा
गाउँदै-गाउँदै
सै ढोले सै
सै ढोले सै
पितृहाङलाई बल मागेर
रुखको पातमा नाँच्दै
जोखाना हेर्ने
यो माटाको जेठो सन्तान
ऊ आदिम मानव ।

शब्दार्थ
केत्रे -भ्यागुता
कोउसा -कछुवा
पु: -सर्प
गिचाम -छोक्रा