Wednesday, July 29, 2009

जनजातीय साहित्यको सौन्दर्यशास्त्र

भोगीराज चाम्लिङ
जुन उत्पीडित जातिसँग समृद्ध भाषा र साहित्य हुँदैन त्यो जातिको मुक्ति पनि स्वाभाविक रुपमा पछाडि धकेलिन्छ । समृद्ध साहित्यबिना जनजातीय साहित्यको अलग्गै सौन्दर्यशास्त्रको निर्माण पनि सम्भव छैन । प्रश्न उठ्न सक्छ कि जनजातीय साहित्यको अलग्गै सौन्दर्यशास्त्रको निर्माण गर्ने बेला आइसक्यो अथवा त्यस्तो अवश्यकता दुवै भइसकेको छ । किनभने प्रचलित हिन्दू सौन्दर्यशास्त्रलाई आधार बनाएर न नेपालका उत्पीडित आदिवासी जनजातिहरुलाई सही ढङ्गले चिनाउन सकिन्छ न उनीहरुमाथिको शोषण-उत्पीडनलाई नै उधिन्न सकिन्छ । न त जनजातीय साहित्यलाई सही मार्गदर्शन गर्न सम्भव हुन्छ ।
हिन्दू सौन्दर्यशास्त्र पिँधमा परेकाहरुको सौन्दर्यशास्त्र नभएर शासनसत्तामा बस्नेहरुको सौन्दर्यशास्त्र हो । शासकहरुको सौन्दर्यशास्त्र र उत्पीडितहरुको सौन्दर्यशास्त्र फरक-फरक हुन्छ । उत्पीडित जातिहरु मुक्तिको माग गर्छन् यही कुरा नै जनजातीय सौन्दर्यशास्त्रको गुदी हो । जनजातीय सहित्य-कलामा मुक्तिको सपना बुनिनुपर्छ जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्घर्षको साहित्य हो । यो विलासको लागि लेखिने साहित्य होइन त्यस्तो साहित्य जनजातीय साहित्यको कोटीमा पर्दैन । कुनै जनजाति लेखक आपुूमाथि शताब्दीऔंदेखि भएको अत्याचार आपुनो सिर्जनामा लेख्न सक्दैन आपुनो सिर्जनालाई धारिलो पार्न सक्दैन भने त्यो जनजातीय साहित्य हुनै सक्दैन । सिर्जनामा मुक्तिको सङ्घर्षको सपना देख्न नसक्ने साहित्य शासकीय कित्ताको साहित्य हुन्छ त्यो जनजातीय मुक्तिको साहित्य हुँदैन । एक हिसाबले शासकीय साहित्य सपनावीहिन निरश र सपाट साहित्य हो जनजातीय साहित्य भरभराउँदो सपनाहरुको राँको हो ।
अर्कोतर्पु बुर्जुवा सौन्दर्यशास्त्रले पनि उत्पीडित जातिको मुक्तिको प्रश्नलाई केन्द्रमा राख्दैन । पछिल्लो चरणमा बुर्जुवा सौन्दर्यशास्त्रीहरुले अघि सारेको उत्तरआधुनिकतावादले उत्पीडित जात-जातिहरुको मुक्तिको प्रश्नलाई उठाएजस्तो त देखिन्छ तर चुरो कुरा त्यस्ता जातिहरुको मुक्ति होइन बरु उनीहरुको असन्तुष्ट र आक्रोशलाई छरपस्ट्याउनु हो । किनभने उत्तरआधुनिकतावादले उत्पीडितहरु एकगठ भएर सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई निषेध गर्छ र एकलाएक्लै लड्न प्रेरित गर्छ । एक्लएकल्लै लडेर आजसम्म कोही पनि मुक्त भएको छैन । त्यसकारण उत्तरआधुनिकतावाद भँडुवा सौन्दर्यशास्त्रीय चिन्तन हो । सौन्दर्यशास्त्रको क्षेत्रमा आएको यस प्रकारको भ्रमपूर्ण चिन्तनलाई चिर्न अलग्गै जनजातीय सौन्दर्यशास्त्रको निर्माण गर्न आवश्यक छ ।
बुर्जुवा सौन्दर्यशास्त्रको एउटा सकारात्मा पक्ष के छ भने त्यसले आलेचनाको छुट दिन्छ । हिन्दू सौन्दर्यशास्त्रले त त्यति पनि छुट दिँदैन र भक्तिभावको वकालत गर्छ । तर आलोचनाले मात्र उत्पीडित जातिमहरुको मुक्ति सम्भव छैन । त्यसका लागि क्रान्ति आवश्यक छ तर बुर्जुवा सौन्दर्यशास्त्रले क्रान्तिलाई स्वीकार गर्दैन । त्यससका लािग क्रान्ति आवश्यक छ तर बजुर्जुवा सौन्दर्यशास्तले क्रान्तिलाई स्वीकार गर्दैन । जनजातीय साहित्यले क्रान्तिलाई केन्द्रीय सरोकारको विषय बनाएन भने त्यसले उनीहरुलाई सबैखाले उत्पीडनहरुबाट मुक्त राख्न सहयोग गर्दैन । जनजातीय साहित्य त्यसकारण क्रान्तिलाई केन्द्रमा राख्ने खालको हुनुपर्छ ।

No comments:

Post a Comment