Monday, October 12, 2009

भाका किरातीको

शकुन आँसु

वल्लो-पल्लो जे भने'नि शाखा किरातीको
किरात राज्य निर्माण गर्ने ताका किरातीको

धनुष, तीर, खुकुरीले छेक्या नेपाल
पूर्व टिस्टा फैलिएथ्यो नाका किरातीको

बन्दैछ विधान फेरि नयाँ नेपालको
एक-एक छुट्नुहन्न खाका किरातीको

आदिवासी क्षेत्रभित्र भूमिपुत्र हामी
हराभरा चितु बेछु पाखा किरातीको

वसन्त शिशिरमा प्रकृतिको पुजक
भन्छ शकुन 'सोइसोइला' भाका किरातीको

चिप्रिङ-४, खोटाङ

No comments:

Post a Comment