Tuesday, January 19, 2010

अन्तरक्रियात्मक सिर्जना वाचन सम्पन्न

ललितपुर/किरात राई लेखक सङ्घले अन्तरक्रियात्मक सिर्जना वाचन सुरु गरेको छ । उक्त कार्यक्रमको पहिलो श्रृङ्खला यही माघ महिनाको पहिलो शनिवार ललितपुर सातदोबाटोस्थित चोमोलुङ्मा प्रतिष्ठान नेपालको हलमा सम्पन्न भयो ।
२० जना स्रष्टा/स्रोताहरुको उपस्थिति रहेको कार्यक्रममा किरात राई कलाकार सङ्घ खोटाङका अध्यक्ष गायक/संगीतकार भीमसेना राईले गीत प्रस्तुत गर्नु भएको थियो भने अन्य सहभागीहरुले कविता, गीत तथा गजल वाचन गरेका थिए । वाचित सिर्जनाहरुबारे सङ्घका केन्द्रिय अध्यक्ष प्रकाश राई, उपाध्यक्ष तारामणि राई, सदस्य राजेश चाम्लिङ तथा जिल्ला सल्लाहकार भद्रगोल किरातीले टिप्पणी गर्नुभएको थियो । कार्यक्रम सङ्घका ललितपुर संयोजक नाकिमाले संचालन गर्नुभएको थियो ।

Sunday, January 17, 2010

पुरानो सत्ताको अस्थिपंजर


नाकिमा

सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।

सक्दिन म नाच्न
रङ्गीन इतिहास बोकी
बेरङ्गीन पात्र भई
अन्यायको रङ्गमाचमा
सक्दिन म टाँस्न
आफ्नो निधारमा
आफ्नै रगतले मुछिएको चामल
मान्छु म
मेरै उधौली-उभौली
नाच्छु म
मेरै साकेलामा सिली
तिम्रो खुनी छातीमाथि
गाउँदै मुक्तिको मुन्धुम
बजाउँदै चेतनाको ढोल झ्याम्टा ।

लाग्छ किन अनौठो
आफ्नै भाषा
किन लाग्छ
आफ्नै देश परदेश
अब बोल्छु म विद्रोह
चढ्छु म अब
चेतनाको चोमोलुङ्मा ।

सरुङबाट
झिकेर कोक्पाको धनुकाँड
ताकिरहेछु म यतिखेर
पुरानो सत्ताको अस्थिपंजर ।

Monday, January 11, 2010

'सिर्जना बाचन तथा अन्तरक्रिया' कार्यक्रम गर्ने

ललितपुर/किरात राई लेखक संघ ललिपुर जिल्ला कार्यसमितिको आयोजनामा जिल्ला बैठक तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लेखक संघका केन्द्रीय अध्यक्ष प्रकाश राई महासचिव भोगीराज चाम्लिङ गायक तथा संगीतकार जीतेन राई कवि भद्रगोल किराती लगायत किरात लेखक संघ ललितपुरसँग सम्बद्ध लेखकहरुको उपस्थिति थियो ।बैठकमा अध्यक्ष प्रकाश राई महासचिव भोगीराज चाम्लिङ गायक तथा संगीतकार जीतेन राई कवि भद्रगोल किराती र किरात राई लेखक संघ ललिपुर जिल्ला समितका अध्यक्ष कवि तथा गीतकार नाकिमाले कार्यक्रमबारे बोल्नुभएको थियो । बैठकले हरेक नियमित रुपमा ललिपुर जिल्ला कार्यसमितिको संयोजकत्वमा महिनाको पहिलो शनिबार दिउँसो ३ बजे 'सिर्जना बाचन तथा अन्तरक्रिया' कार्यक्रम गर्ने निर्णय गरेको छ । सोही अनुरुप यसपटक पहिलो कार्यक्रमस्वरुप आउँदो माघ २ गत्ते शनिबार ३ बजे ललितपुर सातदोबाटोस्थित चोमोलुङमा प्रतिष्ठानको हलमा कार्यक्रम तय गरिएको छ साथै सो कार्यक्रममा उपस्थितिको लागि सम्बद्ध लेखकहरुलाई अनुरोध समेत गरिएको छ ।

Monday, January 4, 2010

सुम्निमा


दीपा एवाई राई

पल्लवी फूल जङ्गलभरि
इन्द्रेणी फूलहरुका गुच्छामा
सुन्दर र सुगन्धित
रत्नजडित हार झैं
सजिएको मेरो वदनसँग
निश्छल मधुवन
झरनासँग गाउन थालेको देख्दा
मेरा मृगनयनले
क्षितिजका बादल टुक्राहरुमा
स्वतनत्रताको बिगुल फुक्दै
म नाचिरहेकी रहेछु
मेरा गीतहरुमा
मेरो जाति छ : नारी
मेरो धर्म छ : मानवता
मेरो भाषा छ : ज्ञान
मेरो रङ्ग छ : प्रेम
मेरो रुप छ : सृष्टि
अनि
एउटा नाम छ : सुम्निमा फेरि सुम्निमा
हो
म सुम्निमा ।

(कवयित्रीको हालै विमोचित कविताकृति अर्धवृतबाट)

Monday, December 21, 2009

सडकमा एउटा रातो झण्डा छ


राजेश चाम्लिङ

हौ लुङ्गा !
लौ त
हारमा हार मिलाएर धान नाच्ने यी जोर हातहरु
तालमा ताल मिलाएर साकेला नाच्ने यी जोर खुट्टाहरु
अब िसंहदरबार छिर्ने बेला भो
तिम्रो माटो लुट्ने कठपुतली शासक विरुद्ध
अर्को पटक लड्नु पर्ने भो ।


मित्रहरु भन्छन्-
गोलिसँग नझुकेको एउटा शीर छ'रे
बारुद्धको धुँवाबाट उम्किएको एउटा जीवन
गणतन्त्र त ल्याईएयो कमरेड
ब्याजमा एटा जीउँदो ज्यान छ'रे
सबभन्दा ठूलो कुरो
यही ज्यानलाई शहिद बनाई जनवादी गणतन्त्र ल्याउने रहर छ'रे

ऐहोई लुङ्ग!
तब हामी के अलमलमा परिाख्नु !
ओ सडक उभिएको मान्छे
घरको झ्याल र छतहरुबाट के रमिता हेरिरहेका छौ
सडकमा एउटा मशाल तिमीलाई पर्खिरहेछ
सडकमा एउटा ईटा तिम्रो हात कुरीरहेछ
भागदौडमा छुटेको एउटा रातो झण्डा छ
के त्यो झण्डा उठाउने तिम्रो शासह छ

खर्पनमा जिन्दगीको दर्पण बोकेर
कुन अमेरिका खोज्ने कोलम्बस बन्न हिँडिरहे छौ पासा
सडकमा तिम्रो नाम इतिहास बन्न खोजिरहेछ
सडकमा आन्दोलनकारीको रगत झै रातो झण्डा लडिरहेछ
यत्रतत्र छरिएका जुत्ताचप्पलको बीचबाट
के त्यो झण्डा उठाउने तिम्रो शाहस छ?

हौ लुङ्गा !
यो धर्तिको िसंच्याएर अवाद गर्ने पाखुरामा
के त्यो झण्डा उठाउने तागत बाँकी छ?
सडकमा एउटा रातो झण्डा छ ।

२०६६ कार्तिक २७

Sunday, November 22, 2009

हो कि जनजाती


विपल बोयुङ

हुल बाँधी कता सुन त ए साथी
लाग्छ यो लाम हो कि जनजाती
काम कुरो छ यता कुम्लो बोकी कता ?
छाड्यौ रीतिरिवाज ? देख्छु नानाभाती

कहाँ छ त बराजुले सिगारेको झुप्प्रा ?
खोज्नलाई उठ होउ अब माझकिराती

फरिया र चोलीहरु फाटिसक्यो भन्छन्
आधुनिकता आयो भन्दै चट्ट कोरीबाटी

झुल्किदैछ घाम नयाँ वर्ग संघर्षको
टेक्नै छ पाइला हाम्रो अझ शिखरमाथि
अर्खौले-३, खोटाङ

Monday, November 2, 2009

को मुठी साम


तारादेवी थुलुङ 'अथाह'

ए !
को मुठी साम !!
मुच्यूलाई
हमछ्योम द्युखा ग्वानामिम्
एमा गर्नाकाङा
मुच्य्का
ल्वा चमुबासी
खेल चमुबासी
भ्व्रा हुमुबासी
हिरोपोल्युम धामुबासी
सिजेम-लेमजेम प्लन्मुबासी
मेम् बेसाका ओ
मेनुयावा माला
त्वाकु लमुबासी
गानालाई
ज्युल्यमुकाम लागि
को मुठी साम !

जलेश्वरी, खोटाङ