रक्ष राई
म बालुवाको वसन्तमा
हरियो पासपोर्ट नीलो भएको छु ।
यो निर्दलीय पुलिसको लाठीजस्तो हुरी
यो निरङ्कुश सिपाहीको बन्दुकजस्तो आँधी
मान्छेभित्रको विनयशील 'म'लाई
निरन्तर-निरन्तर प्रहार गरिरहेछ
झुण्डिएर मर्नका लागि आपुनै दुःखी हाँगाहरु थिए
तथापि अनुनयमा आफ्नै हातहरु जोडिरहेछु
माङ्हिम कै अघि मौला हानिएर सत्यहाङ्मा
म कुनै भट्टिवाल्नीको प्लेटमा निर्मम मःमः हाँसिरहेछु ।
यहाँ आपुनै रमिता बनाएर हेर्नलायकको
मेरा सजल आँखाहरु झम्टा मारिरहेछन् वनभालुहरु
र मेरा दृष्टिका घारभित्र बास बसेका छन् अरिङ्गालहरु
मेरा शेषनागहरु जिब्रा थुतिएर
मष्तिष्कका विजयपुरमा प्रत्याक्रमण गरिरहेछन् चेतनाका बुद्धिकर्ण राईहरु
निमुखा मुखहरु मोचीले जुत्ताको तलुवा बनाएर मेरा आवाजहरु
म बर्मूडा र ब्ल्याकहोल निलिरहेछु
र मेरा निद्राका बूढासुब्बा ढोल ढ्याङ्ग्रो ठट्टाएर जागिरहेछ
आगाका झिरले क्षिण भए श्रवणशक्ति
र मेरा कानका सुरुङहरु सुदूर भविष्य-द्रष्टा भएका छन्
धमिराहरुले मेरुदण्ड खाइसकेर
मेरा गिदीभरि ब्याङ्पाटे र बारुला भरिएका छन्
यी आगाहरुले नुहाएको कठोर शितलता
आफ्नै नाङ्गा हाँगाहरुमा ताप्दै
विचारहरु माटामा जरिरहेछु
र आफ्ना जराहरुबाट उखेलिएर
बालुवाको एक्लो वसन्त उभ्याइएको छ ।
हो म बालुवाको वसन्तमा
कुनै नीलो-निलो रुख बनाइएको छु ।
Saturday, August 22, 2009
Sunday, August 16, 2009
युगल गीत
टीका चाम्लिङ
नाइमा : छातिभित्र लाखौँ जुनी पारुहँकै नाउँ लेख्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु
नाइमा : बाचा सम्झी पारुहँले सयौँ घाट तरी आउनू
पारुहँ : मनभरि तयामाझैँ माया-बुट्टा भरिराख्नू
नाइमा : जति टाढा भए पनि भरोसाले घाउ मेट्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु
नाइमा : सिमे-भुमे साकेलाको शिली हाम्रो साक्षी बनोस्
पारुहँ : शिरमाथि पिरतीको सुनाखरी बाँचिरहोस्
नाइमा : भीरजस्तो पीरै सही आफ्नै थलो-ठाउँ टेक्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु
नाइमा : छातिभित्र लाखौँ जुनी पारुहँकै नाउँ लेख्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु
नाइमा : बाचा सम्झी पारुहँले सयौँ घाट तरी आउनू
पारुहँ : मनभरि तयामाझैँ माया-बुट्टा भरिराख्नू
नाइमा : जति टाढा भए पनि भरोसाले घाउ मेट्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु
नाइमा : सिमे-भुमे साकेलाको शिली हाम्रो साक्षी बनोस्
पारुहँ : शिरमाथि पिरतीको सुनाखरी बाँचिरहोस्
नाइमा : भीरजस्तो पीरै सही आफ्नै थलो-ठाउँ टेक्छु
पारुहँ : जहाँ पुगूँ आँखाभरि नाइमाकै गाउँ देख्छु
Monday, August 10, 2009
साइँकुले
मणि कोइमी
हो त्यहीँ दिनदेखि
उसको दाँतमा ढुङ्गा लाग्यो
छिचोल्न सकेन-बाह्रखरी जङ्गल ।
जुनदिन ऊ-
आपाले मधेसबाट ल्याइदिनुभएको लिलामी भोटो लगाएर
आमाले पकाइदिनुभएको
किनेमाको तिहुनसँग फापरको ढिँडो सपासपी खाएर
सिम्मा नानाले बनिदिएकी ऊनीको रातो झोलामा
अलिकति भुटेको जुनेलो र पुदिनाको अचार
आज चौधौं दिन रमाउँदै
पढ्नलाई गएको थियो-श्री प्रा.वि...बरभाज्याङमा ।
जब ऊ-
कक्षाकोठामा प्रवेश गर्यो
शिक्षक सोमनाथ पण्डितद्वारा सोधियोः
'ए साइँलो हिज तिमी कन नआएका नि?'
-पेत डुखेर
(सबै गलल हाँसे)
'के औषधि खायौ त'
-टाटो पानी टटाएर खा'को
पूरै कक्षाकोठा उचालिनेगरी अट्टाहास छायो ।
बिचरा ऊ ग्लानीबोधले
एउटा कुनै कुख्यात अपराधीजस्तो
हिउँचितुवाको वेगमा
ढोकाबाट यस्तरी हाम्फालेर भाग्यो कि
ऊ उपरोक्त विद्यालयमा
कहिल्यै फर्केन कहिल्यै फर्केन…
हो त्यहीँ दिनदेखि
उसको दाँतमा ढुङ्गा लाग्यो
छिचोल्न सकेन-बाह्रखरीको जङ्गल ।
हो त्यहीँ दिनदेखि
उसको दाँतमा ढुङ्गा लाग्यो
छिचोल्न सकेन-बाह्रखरी जङ्गल ।
जुनदिन ऊ-
आपाले मधेसबाट ल्याइदिनुभएको लिलामी भोटो लगाएर
आमाले पकाइदिनुभएको
किनेमाको तिहुनसँग फापरको ढिँडो सपासपी खाएर
सिम्मा नानाले बनिदिएकी ऊनीको रातो झोलामा
अलिकति भुटेको जुनेलो र पुदिनाको अचार
आज चौधौं दिन रमाउँदै
पढ्नलाई गएको थियो-श्री प्रा.वि...बरभाज्याङमा ।
जब ऊ-
कक्षाकोठामा प्रवेश गर्यो
शिक्षक सोमनाथ पण्डितद्वारा सोधियोः
'ए साइँलो हिज तिमी कन नआएका नि?'
-पेत डुखेर
(सबै गलल हाँसे)
'के औषधि खायौ त'
-टाटो पानी टटाएर खा'को
पूरै कक्षाकोठा उचालिनेगरी अट्टाहास छायो ।
बिचरा ऊ ग्लानीबोधले
एउटा कुनै कुख्यात अपराधीजस्तो
हिउँचितुवाको वेगमा
ढोकाबाट यस्तरी हाम्फालेर भाग्यो कि
ऊ उपरोक्त विद्यालयमा
कहिल्यै फर्केन कहिल्यै फर्केन…
हो त्यहीँ दिनदेखि
उसको दाँतमा ढुङ्गा लाग्यो
छिचोल्न सकेन-बाह्रखरीको जङ्गल ।
Sunday, August 2, 2009
यो तिम्रै माटो हो
भूपाल राई
यो तिम्रै माटो हो तिमीले टेकेको
यो तिम्रै आकाश हो तिमीले ओढेको
आमा यसरी कथा सुनाउँछिन्-
'अघि बढ्नेलाई खुला बाटो छ
पछि अड्नेलाई मुरी माटो छ ।'
यो चिहान चौतारी निसानीका चित्र
इतिहास नमाग्ने तिमी भूमि-पुत्र
तिमी आवादी हौ भस्मे खोरिया हौ
सिस्नुको जरामा फुल्ने सारङ्गी हौ
'उठी हिँड्नेलाई यात्रा दायाँ छ
थाकी बस्नेलाई छायैँछायाँ छ ।'
पुर्खाले रोपेको तिमी फुल्दो हाँगा
तिमी आपुनो घरमा आफै बास नमाग
तिमी मूल ढोका हौ सर्वस्वका धनी
सृष्टिमै तिमी जो थियौ हिमालमुनि
'माथि चढ्नेलाई चुली बाँकी छ
तल झर्नेलाई फेदी काफी छ ।'
यो तिम्रै माटो हो तिमीले टेकेको
यो तिम्रै आकाश हो तिमीले ओढेको
आमा यसरी कथा सुनाउँछिन्-
'अघि बढ्नेलाई खुला बाटो छ
पछि अड्नेलाई मुरी माटो छ ।'
यो चिहान चौतारी निसानीका चित्र
इतिहास नमाग्ने तिमी भूमि-पुत्र
तिमी आवादी हौ भस्मे खोरिया हौ
सिस्नुको जरामा फुल्ने सारङ्गी हौ
'उठी हिँड्नेलाई यात्रा दायाँ छ
थाकी बस्नेलाई छायैँछायाँ छ ।'
पुर्खाले रोपेको तिमी फुल्दो हाँगा
तिमी आपुनो घरमा आफै बास नमाग
तिमी मूल ढोका हौ सर्वस्वका धनी
सृष्टिमै तिमी जो थियौ हिमालमुनि
'माथि चढ्नेलाई चुली बाँकी छ
तल झर्नेलाई फेदी काफी छ ।'
आदिम मानिसको गीत
प्रकाश चाम्लिङ राई
मेरो जङ्गल यानेकी मेरो घर
मेरो खोला यानेकी मेरो प्राण
तिम्रो सभ्यताको दलाहा इतिहासले
तिम्रो जङ्गली मानवताले उजाडिदिएपछि
म ओडारमा ओतिएर
निश्प्राण बाँचेको छु ।
राष्ट्रियताको तिमीले दिएको विषको लड्डू
मैले नचिनेर खाएको हैन
एकताको तिमीले दिएको छली कपटी तर्क
मैले त्यसै स्वीकारेको हैन
मलाई थाहा छ रगताम्य इतिहास
म अहिले बिनाइतिहास बाँचेको छु
मलाई थाहा छैन
मेरो आङ उजाडेर तिमीले मलाई
मूर्ख राजा बनाएको
म बिसु्रला
मेरो जिब्रो थुतेर बेशब्द बनाएको
मलाई थाहा छ तिम्रो काइते इतिहास
जसले मेरो सभ्यताको चिहान खन्यो ।
मलाई थाहा छ
संविधानको हत्कडढी र नेलकडी लगाएर
तिमीले मलाई
काइते राष्ट्रियताको जेलमा सडाएका छौ
मलाई थाहा छैन भन्छौ
तिमीले दिएको राष्ट्रिय धर्म राष्ट्रिय भाषा
राष्ट्रिय चिन्ह र राष्ट्रिय एकताको विष
मलाई थाहा छ-
तिम्रो दलाहा संस्कृति
जसले
मेरो पहिचानको खिल्ली उडायो ।
भन अझै के छ
साम्राज्यवाद
भुमण्डलीकरण
आतङ्कवाद
आधुनिक युगका स्पार्टकस हौ हामी
हामीलाई त्यही जङ्गल प्यारो छ
हामीलाई त्यही खोला प्यारो छ
तिम्रो राष्ट्रिय एकताभन्दा
हामीलाई हाम्रो सार्वभौमिकता प्यारो छ
हामीलाई आफ्नैपन प्यारो छ ।
तिम्रो आडम्बरी सभ्यताभन्दा
हामीलाई हाम्रो आफ्नै असभ्यता
न्यानो छ
हामी आधुनिक युगको स्पर्शकस ।
मेरो जङ्गल यानेकी मेरो घर
मेरो खोला यानेकी मेरो प्राण
तिम्रो सभ्यताको दलाहा इतिहासले
तिम्रो जङ्गली मानवताले उजाडिदिएपछि
म ओडारमा ओतिएर
निश्प्राण बाँचेको छु ।
राष्ट्रियताको तिमीले दिएको विषको लड्डू
मैले नचिनेर खाएको हैन
एकताको तिमीले दिएको छली कपटी तर्क
मैले त्यसै स्वीकारेको हैन
मलाई थाहा छ रगताम्य इतिहास
म अहिले बिनाइतिहास बाँचेको छु
मलाई थाहा छैन
मेरो आङ उजाडेर तिमीले मलाई
मूर्ख राजा बनाएको
म बिसु्रला
मेरो जिब्रो थुतेर बेशब्द बनाएको
मलाई थाहा छ तिम्रो काइते इतिहास
जसले मेरो सभ्यताको चिहान खन्यो ।
मलाई थाहा छ
संविधानको हत्कडढी र नेलकडी लगाएर
तिमीले मलाई
काइते राष्ट्रियताको जेलमा सडाएका छौ
मलाई थाहा छैन भन्छौ
तिमीले दिएको राष्ट्रिय धर्म राष्ट्रिय भाषा
राष्ट्रिय चिन्ह र राष्ट्रिय एकताको विष
मलाई थाहा छ-
तिम्रो दलाहा संस्कृति
जसले
मेरो पहिचानको खिल्ली उडायो ।
भन अझै के छ
साम्राज्यवाद
भुमण्डलीकरण
आतङ्कवाद
आधुनिक युगका स्पार्टकस हौ हामी
हामीलाई त्यही जङ्गल प्यारो छ
हामीलाई त्यही खोला प्यारो छ
तिम्रो राष्ट्रिय एकताभन्दा
हामीलाई हाम्रो सार्वभौमिकता प्यारो छ
हामीलाई आफ्नैपन प्यारो छ ।
तिम्रो आडम्बरी सभ्यताभन्दा
हामीलाई हाम्रो आफ्नै असभ्यता
न्यानो छ
हामी आधुनिक युगको स्पर्शकस ।
Wednesday, July 29, 2009
प्रायश्चित
जयसला कोयू
हाम्रो अतीतको कथा
त्यही दिन सुरु भयो
जुन दिन उनीहरुले हौसाए
कलबिख पिउन
पिएर जिउन ।
पिउनुको साम्राज्यमा
प्रवेश गरेपछि
पियौं भाषा संस्कृति
पियौं बेसुरले मुन्दुम ।
ह्याङले छुटेको क्षण
छ्याङ्ग भयो
हाम्रो हातमा मुन्दुम थिएन
थियो त त्यही
श्रीमद्भागवत, गीता र रामायण ।
हाम्रो अतीतको कथा
त्यही दिन सुरु भयो
जुन दिन उनीहरुले हौसाए
कलबिख पिउन
पिएर जिउन ।
पिउनुको साम्राज्यमा
प्रवेश गरेपछि
पियौं भाषा संस्कृति
पियौं बेसुरले मुन्दुम ।
ह्याङले छुटेको क्षण
छ्याङ्ग भयो
हाम्रो हातमा मुन्दुम थिएन
थियो त त्यही
श्रीमद्भागवत, गीता र रामायण ।
जनजातीय साहित्यको सौन्दर्यशास्त्र
भोगीराज चाम्लिङ
जुन उत्पीडित जातिसँग समृद्ध भाषा र साहित्य हुँदैन त्यो जातिको मुक्ति पनि स्वाभाविक रुपमा पछाडि धकेलिन्छ । समृद्ध साहित्यबिना जनजातीय साहित्यको अलग्गै सौन्दर्यशास्त्रको निर्माण पनि सम्भव छैन । प्रश्न उठ्न सक्छ कि जनजातीय साहित्यको अलग्गै सौन्दर्यशास्त्रको निर्माण गर्ने बेला आइसक्यो अथवा त्यस्तो अवश्यकता दुवै भइसकेको छ । किनभने प्रचलित हिन्दू सौन्दर्यशास्त्रलाई आधार बनाएर न नेपालका उत्पीडित आदिवासी जनजातिहरुलाई सही ढङ्गले चिनाउन सकिन्छ न उनीहरुमाथिको शोषण-उत्पीडनलाई नै उधिन्न सकिन्छ । न त जनजातीय साहित्यलाई सही मार्गदर्शन गर्न सम्भव हुन्छ ।
हिन्दू सौन्दर्यशास्त्र पिँधमा परेकाहरुको सौन्दर्यशास्त्र नभएर शासनसत्तामा बस्नेहरुको सौन्दर्यशास्त्र हो । शासकहरुको सौन्दर्यशास्त्र र उत्पीडितहरुको सौन्दर्यशास्त्र फरक-फरक हुन्छ । उत्पीडित जातिहरु मुक्तिको माग गर्छन् यही कुरा नै जनजातीय सौन्दर्यशास्त्रको गुदी हो । जनजातीय सहित्य-कलामा मुक्तिको सपना बुनिनुपर्छ जसरी उनीहरुले शताब्दीऔं पहिला तानमा कपडा बुने । जनजातीय साहित्य मुक्ति र सङ्घर्षको साहित्य हो । यो विलासको लागि लेखिने साहित्य होइन त्यस्तो साहित्य जनजातीय साहित्यको कोटीमा पर्दैन । कुनै जनजाति लेखक आपुूमाथि शताब्दीऔंदेखि भएको अत्याचार आपुनो सिर्जनामा लेख्न सक्दैन आपुनो सिर्जनालाई धारिलो पार्न सक्दैन भने त्यो जनजातीय साहित्य हुनै सक्दैन । सिर्जनामा मुक्तिको सङ्घर्षको सपना देख्न नसक्ने साहित्य शासकीय कित्ताको साहित्य हुन्छ त्यो जनजातीय मुक्तिको साहित्य हुँदैन । एक हिसाबले शासकीय साहित्य सपनावीहिन निरश र सपाट साहित्य हो जनजातीय साहित्य भरभराउँदो सपनाहरुको राँको हो ।
अर्कोतर्पु बुर्जुवा सौन्दर्यशास्त्रले पनि उत्पीडित जातिको मुक्तिको प्रश्नलाई केन्द्रमा राख्दैन । पछिल्लो चरणमा बुर्जुवा सौन्दर्यशास्त्रीहरुले अघि सारेको उत्तरआधुनिकतावादले उत्पीडित जात-जातिहरुको मुक्तिको प्रश्नलाई उठाएजस्तो त देखिन्छ तर चुरो कुरा त्यस्ता जातिहरुको मुक्ति होइन बरु उनीहरुको असन्तुष्ट र आक्रोशलाई छरपस्ट्याउनु हो । किनभने उत्तरआधुनिकतावादले उत्पीडितहरु एकगठ भएर सङ्घर्ष गर्नुपर्छ भन्ने कुरालाई निषेध गर्छ र एकलाएक्लै लड्न प्रेरित गर्छ । एक्लएकल्लै लडेर आजसम्म कोही पनि मुक्त भएको छैन । त्यसकारण उत्तरआधुनिकतावाद भँडुवा सौन्दर्यशास्त्रीय चिन्तन हो । सौन्दर्यशास्त्रको क्षेत्रमा आएको यस प्रकारको भ्रमपूर्ण चिन्तनलाई चिर्न अलग्गै जनजातीय सौन्दर्यशास्त्रको निर्माण गर्न आवश्यक छ ।
बुर्जुवा सौन्दर्यशास्त्रको एउटा सकारात्मा पक्ष के छ भने त्यसले आलेचनाको छुट दिन्छ । हिन्दू सौन्दर्यशास्त्रले त त्यति पनि छुट दिँदैन र भक्तिभावको वकालत गर्छ । तर आलोचनाले मात्र उत्पीडित जातिमहरुको मुक्ति सम्भव छैन । त्यसका लागि क्रान्ति आवश्यक छ तर बुर्जुवा सौन्दर्यशास्त्रले क्रान्तिलाई स्वीकार गर्दैन । त्यससका लािग क्रान्ति आवश्यक छ तर बजुर्जुवा सौन्दर्यशास्तले क्रान्तिलाई स्वीकार गर्दैन । जनजातीय साहित्यले क्रान्तिलाई केन्द्रीय सरोकारको विषय बनाएन भने त्यसले उनीहरुलाई सबैखाले उत्पीडनहरुबाट मुक्त राख्न सहयोग गर्दैन । जनजातीय साहित्य त्यसकारण क्रान्तिलाई केन्द्रमा राख्ने खालको हुनुपर्छ ।
Subscribe to:
Posts (Atom)
